दफा ६१८
लिजमा लिएको वस्तु दोस्रो लिज (सब–लिज) मा दिन सक्ने

(१) एक पटक लिजमा लिएको वस्तु वा यसको कुनै अंश लिजदाताको पूर्व स्वीकृति लिई लिज प्राप्तकर्ताले कुनै व्यक्तिलाईअर्को लिज करार गरी दोस्रो लिजमा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको कारणबाट लिजदाता प्रति कायम रहेको लिज प्राप्तकर्ताको दायित्वबाट निजलेफुर्सद पाउने छैन ।
(३) उपदफा (१) बमोजिम दोस्रो लिजमा दिएको वस्तुका सम्बन्धमा त्यस्तो लिज करारका शर्तहरू पहिलो लिज करारकाशर्तहरूभन्दा भिन्न हुने छैनन् ।
(४) उपदफा (३) बमोजिम लिज करारका शर्तहरू निर्धारण गर्दा दोस्रो लिजप्राप्तकर्ता (सब–लेस्सी) लिजमा लिएकोवस्तुका सम्बन्धमा लिजदाता प्रति प्रत्यक्ष रूपमा जिम्मेवार रहने गरी व्यवस्था गर्न सकिनेछ र त्यस्तो व्यवस्थाभएमा निज लिजदाता प्रति दोस्रो लिज करारको हदसम्म जिम्मेवार हुनेछ ।
(५) उपदफा (१) बमोजिम भएको लिज करार बहाल रहने अवधि लिजदाता र लिज प्राप्तकर्ता बीच भएको करार बहाल रहने अवधिभन्दाबढी हुने छैन ।
(६) यस परिच्छेद बमोजिम लिजदाताले लिज प्राप्तकर्ता विरुद्ध कुनै कानूनी उपचार वा दाबी गरेमा उपदफा (४) को अवस्थामाबाहेक त्यस उपर दोस्रो लिज प्राप्तकर्ता जवाफदेही हुने छैन ।
(७) यस दफामा लेखिएको कुनै कुरालेलिज दाताले लिज करार अन्तर्गत प्रयोग गर्न सक्ने अधिकारलाई कुनै किसिमले बाधा पु¥याएको मानिने छैन ।